पुर्खाको चिहान भत्काएर गरिने विकास हैन् रैथाने विज्ञानलाई जोड दिनुपर्छ : मन्त्री किराँती

बिर्तामोड । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री सुदन किराँतीले पुर्खाहरुको चिहान भत्काएर गरिने विकास आजको नेपाली माटोको विकास हुन नसक्ने बताउनुभएको छ ।


२९औं विश्व आदिवासी दिवसको अवसरमा झापाको कमल गाउँपालिकास्थित आदिवासी रंगशालामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री किराँतीले यस्तो बताउनुभएको हो ।

“हाम्रो पितृ पुर्खाहरुको चिहान भत्काएर प्रकृती र संस्कृतीलाई समाप्त पारेर गरिने विकास आजको नेपाली माटोको विकास हैन् र त्यसले साच्चै नेपालीलाई विकास र समृद्धीको बाटोमा हिडाउन सक्ने छैन्, नेपालको संविधानमा लेखिएको समाजवादको बाटोमा पनि नेपाली हिड्न सक्छ जस्तो म आफुलाई चै अहिले पनि लागिरहेको छैन् ।”-मन्त्री किराँतीले भन्नुभयो । उहाँले पञ्चायत र बहुदयलीय व्यवस्थामा गरिए जस्तो विकास अहिलेको नेपाललाई नचाहिएको धारणा राख्नुभयो ।


उहाँले नेपाली कला संस्कृतीको विकाससंगै पर्यटन र पुर्वाधार विकासद्वारा मुलुकलाई समृद्ध बनाउने हो भने रैथाने विज्ञानमा आधारीत विकासलाई जोड दिनुपर्ने बताउनुभयो । मन्त्री किराँतीले नेपाली शासकहरुले रैथाने विज्ञानलाई जोड नदिएका कारण आज नेपाली पनको विकास हुन नसकेको धारणा राख्नुभयो । रैथाने विज्ञानको आविस्कारक अक्कलबहादुर नकर्मीले पानी घट्टाबाट विजुली निकालेको उदहारण दिदै किराँतीले नकर्मीले भने जस्तै रैथाने विज्ञान नेपालको विकासमा बरदान सवित हुन् सक्ने बताउनुभयो ।

उहाँले अहिले रैथाने विज्ञानको विकास गर्न आफुले विश्वबिद्यालयको अध्यालय निर्माण र तयारीको काम अघि बढाएको जानकारी दिनुभयो । त्यसकालागि पुरानो गाउँ र सांस्कृतीक गाउँहरुको खोजी र संरक्षणका लागि वजेटको व्यवस्था गरेको बताउनुभयो ।

त्यस्तै मन्त्री किराँतीले रैथाने संस्कृतीमा आधारीत सम्पदाहरु निर्माण गर्न सके मात्रै पुर्खाको सपना साकार हुने बताउनुभयो । उहाँले आदीवासी जनजातिहरुको पहिचान झल्कने कला, सस्कृती तथा सभ्यताहरुको खोजि, संरक्षण र विकास गर्न सके मात्रै नेपाली पनको पर्यटन विकास हुने धारणा राख्नुभयो ।

मन्त्रीको कुर्सी सम्हालेकै दिन नेपालमा नेपाली पनकै पर्यटन विकास गर्ने र नेपाली पर्यटनमा विदेशी फेटोकपी हुन नहुने आफुले बताएको मन्त्री किराँतीले सुनाउनुभयो । नेपालमा विदेशीको फोटोकपी गरिए विदेशी पर्यटक नेपाली घुम्न आएको समेत अर्थ नहुने उहाँको भनाई थियो ।

मन्त्री किराँतीले भाषणका क्रममा सोही स्थानको आदीवासी रंगशाला विवाद र अन्य राजनैतिक बिषयमा भने आफ्नो धारणा राख्नुभएन् । संस्कृती मन्त्री भएकै कारण पनि पछिल्लो समय तामाङ र मगर सुमदायको संस्कृतीमाथी भएको गलत टिक्का-टिप्पणी र त्यसबाट उत्पन्न विवादका बिषयमा मन्त्रीको धारणा नआएको भन्दै कतिपयले गुनासो समेत गरेका थिए ।

नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा समाजशास्त्री डाक्टर कृष्ण भट्टचन र सामाजिक अभियान्ता डकेन्द्रसिंह थेगिमले प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न राजनैतिक दल तथा जातिय संगठनका नेताहरुले धारणा राखेका थिए ।

कार्यक्रममा झापामा रहेका २२ वटा आदीवासी जनजातिहरुका विभिन्न संघ संस्थाहरुले सहभागिता जनाभएको थिए । दिवसको अवसरमा विभिन्न जातजातिले मौलिक कला तथा संस्कृतीहरु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
355
सम्बन्धित

लोकप्रिय

लोकप्रिय