आज २९औं विश्व आदिवासी दिवस, झापामा आदिवासी रंगशालामा मनाइदै

झापा । २९औँ विश्व आदिवासी दिवस बुधबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।


“आफूले निर्धारण गरे अनुरुपको परविर्तनको संवाहक आदिवासी युवाहरू” भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो । आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको छ ।

सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो । त्यस यता हरेक वर्ष विश्व आदिवासी दिवस मनाउने गरिएको छ ।


संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो ।

दिवसको अवसरमा कोशी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक विदा दिएको छ ।

त्यस्तै नेपाल आदिवासी जनजाति महासंघ झापाले स्थापना दिवसको अवसरमा कमल गाउँपालिकास्थित आदिवासी रंगशालामा कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्य रहने छ । कार्यक्रम मध्यन्ह १२ बजेबाट सुरु हुने बताइएको छ ।

त्यस्तै नेपाल आदिवासी जनजाति महासंघले नेपाल प्रज्ञा–प्रतिष्ठानमा कार्यक्रम आयोजना गरेको छ ।

महासंघका जिल्ला शाखाहरुले समेत बुधबार मुलुकको विभिन्न स्थानमा कार्यक्रमको आयोजना गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
3
+1
0
+1
0
+1
0
+1
0
175
सम्बन्धित

लोकप्रिय

लोकप्रिय