एएफसी कप छनोटमा मछिन्द्रसंग भुटानी क्लब पारो पराजित

काठमाडौं । एएफसी कप छनोटको प्रारम्भिक चरणमा भुटानी क्लब पारो एफसीलाई हराउँदै मछिन्द्र एफसी प्रारम्भिक छनोटको दोश्रो चरणमा पुगेको छ ।


खेलको सातौं मिनेटमा नै पछि परेको अवस्थलाई उल्टाउँदै खेलमा मछिन्द्र विजयी भयो । ७औं मिनेटमा पारोका काजुओ होम्माले प्रहार गरेको बल गोलकिपर विशाल श्रेष्ठलाई लाग्दै गोल भएको थियो ।

तर त्यसको ५ मिनेटपछि नै विमल घर्ती मगरले बराबरी गोल फर्काए । एरिक विष्टको छोटो कर्नर पास र आयुष घलानको क्रसमा विमलले हेडमार्फत गोल गरेका थिए ।


त्यसपछि १५ ‍औं मिनेटमा घलानले नै गोल गरेर मछिन्द्रलाई अग्रता दिलाएका हुन् । विमलले पेनाल्टी क्षेत्र भित्रबाट मिलाएको पासमा आयुषले पहिलो टचमा सुन्दर गोल गरे ।

३९ मिनेटमा ओलावाले आफिजले गोल गरेपछि मछिन्द्रले ३-१ को अग्रता बनायो । ओमालाजा करिमको पासमा ओलावालेले गोल गरे र टिमलाई ३-१ को अग्रता दिलाए । ७१औं मिनेटमा पारोका लागि इभान अशान्तेले १ गोल थपे पनि त्यो जितका लागि पर्याप्त भएन ।

खेलको ८९ औं मिनेट काजोउले पेनाल्टी बक्सभित्रबाट गरेको प्रहार विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे । इन्जुरी समयमा मछिन्द्रका लागि आशिष चौधरीले बाँयातर्फबाट दिएको उत्कृष्ट बल विमलले गोलमा परिणत गर्न भने सकेनन् ।

विजेता मछिन्द्रले अब १६ अगष्टमा भारतको इन्डियन सुपर लिग खेल्ने मोहन बगानसँग कोलकतामा खेल्ने छ । यो खेलको विजेताले बंगलादेशको ढाका अबहानी र माल्दिभ्सको क्लब इगल्स बीचको विजेतासँग अगष्ट २२ मा खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
80
सम्बन्धित

लोकप्रिय

लोकप्रिय