अर्जुनधाराकी प्रमुख प्रशासकीय अधिकृत राईको विदाई

बिर्तामोड । झापा अर्जुनधारा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गिताकुमारी राईलाई आज एक कार्यक्रमकाबीच विदाई गरिएको छ । २०४४ सालदेखि निजामती सेवामा प्रवेश गरेकी अधिकृत राईले भोलि साउन २४ गते अनिवार्य अवकास पाउँदै हुनुहुन्छ । भोलि सार्वजनिक विदा परेकाले नगरपालिकाका कर्मचारीले आज विदाई कार्यक्रम राखेका हुन् । ३६ वर्षको कर्मचारी सेवामा करिब २० महिना अर्जुनधारा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएकी राई यसअघि झापाकै शिवसताक्षी नगरपालिकामा हुनुहुन्थ्यो।


कार्यक्रममा बोल्दै नगर प्रमुख बलदेवसिंह गोम्देनले प्रप्रअ राईको विधि र नीतिसम्वत काम गर्ने शैलीको अन्य कर्मचारीले अनुशरण गर्नुपर्ने बताउनुभयो। निडर, कर्तव्यनिष्ठ राष्ट्रसेवक कर्मचारीको छवि बनाएर सेवानिवृत्त हुन लागेकी राईलाई सामाजिक क्षेत्रमा नेतृत्व भूमिकामा देख्न पाउँ भन्दै उहाँले सफलताको शुभकामना दिनुभयो । नगरको विकास र समृद्ध नगरको परिकल्पना पूरा गर्न जनप्रतिनिधि एक्लैको प्रयास सम्भव नहुने भन्दै नगर प्रमुख गोम्देनले कर्मचारी संयन्त्रको भूमिका महत्वपूर्ण रहने भएकाले सेवा प्रवाह चुस्त प्रदान गर्न सुझाउनुभयो ।

नगरउपप्रमुख खड्गमाया पराजुलीले कर्मचारीको अभिभावकको रुपमा रहँदा प्रप्रअ राईसँग कुनै पनि मनमुटाव नभएको सुनाउनुभयो। बरु सुझाव आदानप्रदान र समन्वयकारी भूमिका सम्झनयोग्य रहेको उहाँको भनाइ थियो । विदाई कार्यक्रममा प्रप्रअ राईले सकेसम्म जनताको काम छिटो र सरल ढंगबाट गरिदिन आफूबाट सक्दो प्रयास भएको बताउनुभयो । जनप्रतिनिधिसँग पनि सहकार्य गरेको स्मरण गर्दै उहाँले कर्मचारीबाट सेवा प्रवाहमा कुनै पनि ढिलासुस्ती र उल्झन नल्याउन कर्मचारीलाई सुझाव दिनुभयो ।


कार्यक्रममा ३ नम्बर वडाध्यक्ष सीताराम भट्टराई, १० नम्बर वडाध्यक्ष भुपेन्द्र न्यौपाने, पशुपक्षी तथा मत्स्य विकास शाखाका प्रमुख पदमलाल राई, कर्मचारी हित संरक्षण मञ्चका अध्यक्ष चिरञ्जीवी खवासलगायतले शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा नगर प्रमुख गोम्देन, उपप्रमुख पराजुली, शिक्षा शाखा प्रमुख तोयानाथ रेग्मीले प्रप्रअ राईलाई मायाको चिनो प्रदान गरेका थिए भने उपस्थित जनप्रतिनिधि, कर्मचारीले फूलमाला, खदा अर्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
175
सम्बन्धित

लोकप्रिय

लोकप्रिय