शनिश्चरेमा डेंगी संक्रमण विरुद्ध विषादी स्प्रे

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ८ मा ‘हाम्रो साथी अभियान’ कार्यक्रम अन्तर्गत डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि नगरपालिका मै पहिलो पटक विषादी स्प्रे गरिएको छ । आधुनिक मेसिनको प्रयोग गरि आज साँझ शनिश्चरे बजारमा विषादी स्प्रे गरिएको हो ।


हाम्रो साथी अभियान तथा अर्जुनधारा नगरपालिका – ८ का वडा अध्यक्ष कुमार प्रसाद उप्रेतीको अगुवाईमा डेंगी संक्रमण रोकथाम तथा नियन्त्रण गर्न विषादी स्प्रे गर्दै लामखुट्टे लार्भा नष्ट गरिएको हो । यसअघि अभियान अन्तर्गत सोही वडाका चिया बगानमा कार्यरत मजदुरहरुलाई सर्पको टोकाईबाट बच्नका लागि ५० जोर सेफ्टी जुत्ता निःशुल्क वितरण गरेको अध्यक्ष उप्रेतीले जानकारी दिए ।

आगामी दिनहरूमा मानव स्वास्थ्यमा लाभ हुने कार्यक्रमहरु सञ्चालन गर्दै जाने साथै यो मेसिन वार्डको सम्पत्ति भएकोले आवश्यकता अनुसार अन्य वडामा आवश्यक भएमा संक्रमण नियन्त्रणका लागि मेसिन उपलब्ध गराइनेछ । माग भए अनुसार नगरक्षेत्र भित्रका निजी तथा सामुदायिक विद्यालयहरुले पनि निःशुल्क लाभ लिन सक्ने अध्यक्ष उप्रेतीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
110
सम्बन्धित

लोकप्रिय

लोकप्रिय