युवा उद्यमी बढाउने गिरी र उप्रेतीको नयाँ योजना

झापा । बिर्तामोडका दुई युवाको सक्रियतामा युवाहरुलाई उद्यमी बनाउने लक्ष्य अनुरुप उद्यमीहरुको संजाल निर्माण हुने भएको छ ।


झापाका २ युवा सन्दिप गिरी र अर्जुन उप्रेतीको नेत्तृत्वमा युवाहरुलाई लक्षित गरेर उद्यमीहरुको संख्या वृद्धि गर्न यो अभियान शुरु हुने भएको हो। जस अन्तर्गत नेपालमै युवाहरुलाई उद्यमी बनाएर बिदेश पलायन रोक्ने मुख्य लक्ष्य छ ।

अभियान अन्तर्गत तीन स्तरबाट उद्यमीहरुको सञ्जाल बन्ने अभियान्ताहरुले बताएका छन् । जसलाई उनीहरुले बिजनेस ग्रुप नामाकरण गरेका छन् ।


पहिलो उदेश्य अनुरुप विभिन्न बिषयका १० जना विज्ञ युवाहरुलाई समेटेर व्यबसायिक अवधारणा आदान प्रदान गरिने अभियन्ता उप्रेतीले जानकारी दिनुभयो । विज्ञहरुबाट उपलब्ध अवधारणा मध्ये उत्कृष्ठ अवधारणामा लगानी गरेर ब्यवसाय सञ्चालन गर्ने लक्ष्य रहेको उप्रेतीले बताउनुभयो। त्यसपछि युवा उद्यमी क्लब निर्माण गर्ने समुहको योजना रहेको छ ।

दोस्रो बर्षमा १८ देखि ३० बर्षका युवालाई संगठित गर्ने र उनीहरुको व्यवसायिक अवधारणा मुल्यांकन गरेर त्यसमा लगानी गरिने अर्का अभियन्ता गिरीले जानकारी दिनुभयो ।

त्यस्तै युवा उद्यमी समुहले प्रत्यक्ष निगरानी गर्ने गरी १६ बर्षमुनीका किशोरकिशोरी तथा युवाहरुलाई लक्षित गरी अर्को उद्यमी समुह निर्माण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । यो समुह बिद्यालयलाई लक्षीत गरेर खोलिने गिरीले जानकारी दिनुभयो । लक्ष्यअनुरुप बिद्यालयहरुमा उद्यम विकास सम्बन्धि बिभिन्न कार्यक्रम सञ्चालन गरिने छ ।

बिद्यालयस्तरदेखि नै युवाहरुमा व्यवसायिक ज्ञान प्रदान गर्नु, नयाँ व्यवसाय सम्बन्धि अनुसंधान गर्न प्रेरित गर्नु अभियानको मुख्य लक्ष्य हुने बताइएको छ ।

सुरुवातमा देशैभर काम गर्ने गरि विजनेस नेटवर्क निर्माण गरिने बताइएको छ । उदेश्यअनुरुप भविष्यमा अन्तराष्ट्रिय क्षेत्रमा समेत काम गर्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
240
सम्बन्धित

लोकप्रिय

लोकप्रिय