मौसम अपडेट : विभिन्न स्थानमा भीषण वर्षा, जलसतह उच्च

काठमाडौं। देशका विभिन्न स्थानमा भीषण वर्षा भईरहेको छ ।


मौसम पूर्वानुमान महाशाखा तथा बाढी पूर्वानुमान महाशाखाले देशका कम्तिमा डेढ दर्जन क्षेत्रमा भीषण वर्षा भईरहेको जनाएको छ ।

पछिल्लो तीन घण्टामा सिन्धुलीको हरिहरपुरगढी क्षेत्रमा १ सय ४२ दशमलव ४ मिलिमिटर वर्षा मापन गरिएको छ ।


उता, मध्य पश्चिमको बाँकेमा पछिल्लो २४ घन्टामा ३ सय मिलिमिटर वर्षा भएको छ । यस्तै, बर्दियाको रामभपुर क्षेत्रमा १ सय ९२ दशमलव ६ मिलिमिटर, दाङमा २४ घन्टामा १ सय ७४ मिलिमिटर वर्षा मापन गरिएको छ ।

मकवानपुरको चिसापानी क्षेत्रमा २४ घन्टामा १ सय ८५ दशमलव २ मिलिमिटर वर्षा भएको पनि महाशाखाले जनाएको छ ।

यस्तै, बाराको अमलेखगञ्ज क्षेत्रमा २ सय ९० दशमलव २ मिलिमिटर, कलैयामा १ सय ५४ दशमलव २, सर्लाहीको पत्त्थरकोटमा १ सय २२ मिलिमिटर, चितवनको त्रिशूली काली खोलामा १ सय ५ दशमलव ६ मिलिमिटर वर्षा भएको पनि महाशाखाले जनाएको छ ।

र्पूवका विभिन्न स्थानमा पनि उच्च बर्ष भाइरहेको महाशाखाले जनाभएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
95
सम्बन्धित

लोकप्रिय

लोकप्रिय