मकवानपुरमा पहिरोले घर पुर्दा १ जनाको मृत्यु, ६ बेपत्ता

मकवानपुरको बागमती गाउँपालिका सिक्रेनीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।


जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले राति पहिरोले सात जना पुरिएको र एक जनालाई उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी दिनुभयो ।

पहिरोमा परी बागमती गाउँपालिका-५ सिक्रे दोभानका ६० वर्षीय अक्कलबहादुर स्यांतान, उनकी २२ वर्षीया छोरी शिला पहरी , ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाती चार वर्षीय मिलन पहरी, साढे एक वर्षकी नातिनी दिब्या पहरी र सिन्धुली हरिहरपुर गाउँपालिका १ कोकटीका अन्धाजी १६/१७ वर्षका पासाङ घिसिङ (पाहुना) बेपत्ता भएका छन् ।


बेपत्ता भएका ६ जनाको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
85
सम्बन्धित

लोकप्रिय

लोकप्रिय