अधिवक्ता पाण्डे र ज्यादती गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै झापाका तामाङ र मगर समुदायद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्र

तिलक योञ्जन, झापा । झापाका तामाङ र मगर समुदायले विवादास्पद अभिव्यक्ति दिएर सामाजिक सद्भाव बिगार्न खोज्ने अधिवक्ता भगवती पाण्डे र उनलाई पक्राउ गर्न माग्दै गर्दै गरिएको आन्दोलनमा दमन गर्ने टेकु प्रहरीमाथि कारबाहीको माग गर्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन् ।


झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल मार्फत उनिहरुले गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएका हुन् । आज सोमबार जिल्ला प्रशासन कार्यलय चन्द्रगढी झापा पुगेका तामाङ र मगर समुदायका अगुवाहरुले प्रमुख जिल्ला अधिकारी पोखरेललाई ज्ञापनपत्र बुझाएका हुन् ।

नेपाल तामाङ घेदुङ जिल्ला समन्यव समितिका सचिव मानबहादुर तामाङले वाचन गर्नुभएको ज्ञापनपत्रलाई नेपाल तामाङ घेदुङ जिल्ला समन्यव समितिका अध्यक्ष जगत तामाङ र नेपाल मगर संघका जिल्ला अध्यक्ष विकास थापा मगरले हस्तनान्तरण गर्नुभएको थियो । ज्ञापनपत्र बुझाउन नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद झापाका अधयक्ष पाण्डव चौधरी, जनजाति नेता एवंम नेपाल मगर संघका मुख्य सल्लाहाकार जगत राना मगर, नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य पदमबहादुर तामाङ (देवराज), घेदुङ प्रदेश मुख्यसचिव तिलक पाख्रिन तामाङ, घेदुङ प्रदेश सदस्य जसकुमार तामाङलगायतका नेताहरु पनि जिल्ला प्रशासन कार्यालय पुग्नुभएको थियो ।


ज्ञापनपत्रमा शान्तिपुर्ण आन्दोलनका क्रममा कानुन विपरीत पक्राउ गरि हिरासतमा लिएर चरम यातना दिने प्रहरी र अधिवक्ता भगवती पाण्डेलाई तत्काल कारबाही गर्न माग गरिएको छ । पक्राउ पुर्जी जारी भएर पनि उन्मुक्ति दिन खोजिएको भन्दै नेपाल तामाङ घेदुङ र नेपाल मगर संघको समन्वयमा गत साउन १७ गते टेकु प्रहरी परिसर काठमाडौंमा आयोजित धर्नामा प्रहरीले अनावश्यक बल प्रयोग गरी तीन दर्जनभन्दा बढीलाई नियन्त्रणमा लिएको थियो । उक्त घटनाको घोर भत्र्सना गर्दै ज्ञापनपत्रमा घाइतेहरुको उपचार गर्न र उचित क्षतिपूर्ती दिन समेत मृहमन्त्री समक्ष माग गरिएको छ ।

ज्ञापनपत्र बुझाए पश्चात कोणसभाको आयोजना भएको थियो । चन्द्रगढीमा भएको कोणसभालाई नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य पदमबहादुर तामाङ (देवराज), प्रदेश मुख्यसचिव तिलक पाख्रिन तामाङ, प्रदेश सदस्य जसकुमार तामाङ, नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति अध्यक्ष जगत तामाङ, नेपाल मगर संघका जिल्ला अध्यक्ष विकास थापा मगर, नेपाल तामाङ घेदुङ जिल्ला उपाध्यक्ष फुलमाया तामाङ, नेपाल तामाङ बिद्यार्थी घेदुङका संघिय सचिव हैकम राज घिसिङ र पालिका अध्यक्षहरुको तर्फबाट नेपाल तामाङ घेदुङ भद्रपुर नगर अध्यक्ष वसन्त तामाङलगायतले सम्बोधन गर्नुभएको थियो ।

आन्दोलनरत तामाङ र मगर समुदायले आज सोमबार झापा सहित राजधानी काठमाडौं र ७७ वटै जिल्लामा विरोध प्रर्दशन गरेको थियो ।

ज्ञापनपत्र पढ्नुहोस् :

प्रतिक्रिया दिनुहोस ।
+1
6
+1
0
+1
0
+1
0
+1
0
125
सम्बन्धित

लोकप्रिय

लोकप्रिय