कनकाईमा जलाउन लागेको शव पोष्टमार्टम गर्न पठाइयो

बिर्तामोड । छरछिमेकको मौखिक उजुरी पछि आज जलाउन तयार गरिएको शव कनकाई माईबाट अनसन्धानका लागि फिर्ता ल्याइएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले दाहसंस्कारका लागि तयार गरिएको ३२ वर्षीया पुजा कोचकारको शव फिर्ता ल्याएको हो ।


कनकाई–३ का चोपेन्द्र कोचकारको कान्छी श्रीमति पुजाको कुटपिटका कारण मृत्यू भएको हुन सक्ने स्थानीयको उजुरी पछि थप अनुसन्धानका लागि प्रहरीले खोलाबाट शव ल्याएको बिर्तामोड प्रहरीले जनाएको छ ।

चोपेन्द्र र जेठी श्रीमतिको कुटपिटबाट मृत्यू भएको हुन सक्ने शंकामा पोष्टमार्टमका लागि भद्रपुर पठाइएको छ । उनको उपचारका लागि बिर्तामोड स्थित कञ्चनजंगा अस्पताल पुराइएको थियो । उपचारकै क्रममा कोचकारको मृत्यू भएको बताइएको छ ।


घर निर्माण मजदुरको रुपमा काम गर्दै आएका कोचकारले मादक पदार्थ सेवन गरेर कुटपिट गर्दै आएको बुझिएको छ । अनुसनधान पछि थप जानकारी दिने प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
1
+1
0
90
सम्बन्धित

लोकप्रिय

लोकप्रिय