सीआईबीले थाल्यो सुन तस्करी प्रकरणमा अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान सुरू गरेको छ । यो प्रकरण अनुसन्धानका लागि सीआईबीले प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापा अनुसन्धान अधिकृत तोकेको छ ।


त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्विन्टल सुन साउन २ गते राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो ।

उक्त प्रकरणमा राजस्व चुहावटमा २० दिनसम्म अनुसन्धान गरेको विभागले आइतबारै सबै फाइल र पक्राउ परेका १८ जना प्रहरीलाई बुझाएको थियो । सुन तस्करी प्रकरणको प्राविधिक पाटोमा मात्र अनुसन्धान गरिरहेको सीआईबीले सोमबारदेखि भने औपचारिक रुपमा अनुसन्धान सुरु गरेको छ ।


यसअघि राजस्व अनुसन्धान विभागले गरिरहेको अनुसन्धानमा सहयोग गर्न प्रहरी प्रधान कार्यालयले एसपी कृष्ण पंगेनीलाई खटाएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
95
सम्बन्धित

लोकप्रिय

लोकप्रिय