अर्जुनधारामा लम्पी स्किन बिरुद्धको खोप लगाउन सुरु

अर्जुनधारा। झापाको अर्जुनधारा नगरपालिकाले पशुमा लाग्ने सङ्क्रामक रोग लम्पी स्किन बिरुद्वको खोप लगाउन सुरु गरेको छ ।


सोमबारदेखि सुरु भएको खोप अभियानमा २३ जना प्राविधिक सहभागी छन् । नगरका २५ हजार पशुमा यो यो खोप लगाईने पशुपन्छी तथा मत्स्य विकास शाखाका प्रमुख पदम राईले जानकारी दिनुभयो ।। बिशेष गरेर गाईमा लम्पी स्किन रोगको सङक्रमण धेरै देखिएको हुनाले गाईलाई प्राथमिकतामा राखेर खोप लगाइने उहाँले बताउनुभयो ।

खोप अभियानका लागि नगरपालिकाले १८ लाख रुपैयाँ बिपत ब्यवस्थापन कोषबाट बिनियोजन गरेको नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङले जानकारी दिनुभयो । खोप लगाउनका लागि किसानले एउटा गाईको ५० रुपैया तिर्नु पर्छ । नगरबाट त्यसमा १०० रुपैयाँ थप गर्ने ब्यवस्था गरिएको नगरप्रमुख बलदेबसिंह गोम्देनले बताउनुभयो।


हालसम्म नगरमा २०० पशु यो रोगबाट प्रभावित बनेका छन् । १० वटा गाई मरेको प्रमुख राईले जानकारी दिनुभयो । पशुधनमा हुने क्षति कम गर्न खोप अभियान प्रभावकारी हुने उहाँले जानकारी दिनुभयो।

अर्जुनधाराको १, २, ३, ४, ५, ९, १० र ११ नम्बर वडामा गाईपालन गर्ने कृषकको संख्या धेरै छ गाई छ । नगरका सम्पुर्ण वडामा खोप अभियान सञ्चालन गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
110
सम्बन्धित

लोकप्रिय

लोकप्रिय