अर्जुनधारामा ‘एक युवा ५ बिरुवा’ अभियान सुरु

बिर्तामोड । राष्ट्रिय युवा संघ अर्जुनधाराले ‘एक युवा ५ बिरुवा’ अभियान अन्तरगत वडा न ६ मा रहेको बालकल्याण आधारभुत बिद्यालयबाट बृक्षरोपण कार्यक्रम सुरुवात गरेको छ ।


राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य रोजिना पाण्डेको प्रमुख आतिथ्यता, जिल्ला कमिटी सचिवालय सदस्य तथा नगर इन्चार्ज धनकुमार तामाङ, क्षेत्र नम्बर २ का इन्चार्ज सुजन थापा मगर र नगर अध्यक्ष सुरेन राई र बिद्यालयका प्रधानाध्यापक डम्बर यादवको उपस्थितीमा बिद्यालय परिसरमा बृक्षरोपण गरिएको हो ।


युवा सङघले ४ महिने ‘मिसन नेक्स्ट इलेक्सन, टार्गेट न्यु जेनेरेसन’ अभियान अन्तर्गत बृक्षरोपण कार्यक्रम आयोजना गरिएको सङघका केन्द्रिय सदस्य पाण्डेले जानकारी दिनुभयो । नेपालभर ५ लाख युवाले २० लाख बिरुवा रोप्ने युवा संघको योजना रहेको बताइएको छ ।

बृक्षरोपण अघि युवा संघले अर्जुनधारा जलेश्वर धाममा श्रावणी पर्वमा सोमबार जल चढाउन आएका भक्तजनलाई व्यवस्थित गर्न स्वयंसेवकको भूमिका निर्वाह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
100
सम्बन्धित

लोकप्रिय

लोकप्रिय