अधिवक्ता पाण्डे र ज्यादती गर्ने प्रहरीलाई कारबाही गर्न गृहमन्त्रीसँग तामाङ सांसदहरुको माग

काठमाडौं । तामाङ समुदायका सांसदलगायतको टोलीले विवादास्पद अभिव्यक्ति दिएर सामाजिक सद्भाव बिगार्न खोज्ने अधिवक्ता र उनलाई पक्राउ माग्दै गर्दै गरिएको आन्दोलनमा दमन गर्ने टेकु प्रहरीमाथि कारबाही गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग माग गरेको छ ।


हिरासतमा लिएर चरम यातना दिने प्रहरी र अधिवक्ता भगवती पाण्डेलाई तत्काल कारबाही गर्न मागसहित सोमबार  प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङ नेतृत्वको टोलीले गृहमन्त्री श्रेष्ठलाई सिंहदरबारमा भेट गरेको हो ।

गृहमन्त्री श्रेष्ठले टेकु घटनाको छानबिन गरी कारबाहीको प्रक्रिया अगाडि बढाउने साथै घाइतेहरुको उपचारको सम्पूर्ण जिम्मा लिने बताउनु भएको वाग्मती प्रदेशसभा सांसद एवं निवर्तमान उपसभामुख राधिका तामाङले जानकारी दिनुभयो । त्यस्तै अधिवक्ता पाण्डेलाई कानुनी प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई गृहमन्त्रीले निर्देशन दिनुभएको उहाँले बताउनुभयो ।


पक्राउ पुर्जी जारी भएर पनि उन्मुक्ति दिन खोजिएको भन्दै नेपाल तामाङ घेदुङ र नेपाल मगर संघको समन्वयमा यही साउन १७ गते टेकु प्रहरी परिसर काठमाडौंमा आयोजित धर्नामा प्रहरीले अनावश्यक बल प्रयोग गरी तीन दर्जनभन्दा बढीलाई नियन्त्रणमा लिएको थियो ।

हिरासतमा लिएकाहरुमाथि चरम यातना दिएपछि यो विषय झन् चर्किएको छ । आन्दोलनरत पक्षले आज सोमबार १ बजेदेखि काठमाडौं मइतीघरसहित देशव्यापी रुपमा प्रदर्शन गरेको थियो ।

गृहमन्त्रीसँगको भेटमा प्रतिनिधिसभा सांसदहरु हितबहादुर तामाङ, सूर्यमान दोङ तामाङ, मिना तामाङ, प्रदेश सांसद राधिका तामाङ, नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङ, नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनलगायत सिंहदरबार पुग्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
90
सम्बन्धित

लोकप्रिय

लोकप्रिय