अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा आजदेखि ‘लम्पी स्किन रोग’ विरुद्धको भ्याक्सिन लगाउन सुरु गरिएको छ ।
नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाले महामारीको रूपमा पशुमा फैलिरहेको ‘लम्पी स्किन रोग’ विरुद्धको भ्याक्सिन लगाउने भएको हो ।
नगरपालिकाले आइतवार एक सूचना जारी गर्दै आजदेखि भदौं ११ गतेसम्म नगरका ११ वटै वडाहरुमा भ्याक्सिन लगाउने जनाएको छ ।
नगर कार्यपालिकाको गत शुक्रवारको बैठकले कृषकसंग लागत साझेदारीमा लम्पी स्किन रोगको भ्याक्सिन लगाउने निणर्य गरेको थियो ।
कुन वडामा कहिले लगाइन्छ भ्याक्सिन ? यस्तो छ नगरपालिकाले जारी गरेको सूचना :