जबरजस्ती करणी मुद्दामा फरार रहेका दर्जी कारागार चलान

बिर्तामोड । जबरजस्ती करणी मुद्दामा फरार रहेका एक जना प्रतिबादीलाई झापा प्रहरीले पक्राउ गरेको छ।


तेह्रथुम साबिक ओख्रे ग.वि.स. वडा नम्बर २ घर भई हाल बुद्धशान्ति गाउँपालिका वडा नं.२ झापा बस्ने ५१ बर्षिय थापा भन्ने हस्त बहादुर दर्जीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी टोलीले उनलाई आइतबार पक्राउ गरेको हो ।

झापा जिल्ला अदालतको मिति २०७९ बैशाख ०८ गतेको फैसला अनुसार जबरजस्ती करणी उधोग मुद्दामा फरार रहेका दर्जीलाई प्रहरीले पक्राउ गरी झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराएको थियो ।


त्यसपछि अदालतको आदेश अनुसार कैद भुक्तानको लागि दर्जीलाई झापा कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

फरार दर्जीलाई १ बर्ष ६ महिना कैद सजाय र २५ हजार जरिवाना तोकिएको छ । त्यस्तै पिडित राहत कोषमा २५ हजार रुपैयाँ जम्मा गर्नुपर्ने फैसला छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
95
सम्बन्धित

लोकप्रिय

लोकप्रिय