डोल्पामा ट्याक्टर दुर्घटनामा हुँदा ७ जना घाइते

झापा । डोल्पाको ठुलिभेरी नगरपालिकाको मोतिपुरमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।


घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

शनिबार साँझ ठुलीभेरीको भित्तिबाट बालुवा बोकेर दुनैतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो ।


घाइतेहरुको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

ट्याक्टर चालक सुरज बोहराले मादकपदार्थ सेवन गरेर ट्याक्टर चलाएकाले दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
95
सम्बन्धित

लोकप्रिय

लोकप्रिय