तीन महिने गर्भवी महिलाको उपचारको क्रममा मृत्यु, अस्पतालमा तनाव

भरतपुर । चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचारको क्रममा तीन महिने गर्भवी महिलाको मृत्यु भएको छ । उपचारमा लापरबाही भएकोले मृत्यु भएको भन्दै उनका आफन्तले विवाद गरेपछि अस्पतालमा तनाव भएको छ ।


जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भररतपुर महानगरपालिका वडा नंं २६ घर भएकी ३२ वर्षीया नविना महतोको उपचारको क्रममा मृत्यु भएको हो ।

रक्तश्राव भएर अस्पताल पुगेकी नविनाको उपचारमा लापरबाही भएकोले मृत्यु भएको भन्दै आफन्तहरुले अस्पताल घेराउ गरेका हुन् । उनको शुक्रबार दिउँसो अपरेशन गरिएको थियो।


सामान्य रक्तश्रावमा पनि अस्पतालले हेलचेक्र्याइँ गरेको कारण ज्यानै गएको महतोका देवर सन्तोष चौधरीले बताए।

मृतकका आफन्तले अस्पतालको गेटमा चाबी लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
1
+1
0
+1
0
215
सम्बन्धित

लोकप्रिय

लोकप्रिय