मेचीनगरमा “लार्भा खोज र नष्ट गर” अभियान सञ्चालन

मेचीनगर । मेचीनगरमा डेँगु संक्रमण फैलन नदिन लार्भा खोज र नष्ट गर अभिान सञ्चालन गरिएको छ । पछिल्लो समय देशैभर महामारीको रूपमा फैलिदैं गएको डेँगु रोगको संक्रमण नगरमा फैलन नदिन नगरपालिकाले लार्भा खोज र नष्ट गर अभिान सञ्चालन गरेको हो ।


नगरपालिकाले शुक्रबारबाट सुरू गरेको डेँगु रोग नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर अभिानको शुरुवात मेचीनगर-६ स्थित काँकरभिट्टा बजार सहित विभिन्न टोलहरुमा गरेको छ । यो अभियान नगरको पन्द्रवटै वडामा सञ्चालन हुने मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाले जानकारी दिनुभयो ।

अभियानको शुरूवातमा आज मेचीनगर-६ का वडाध्यक्ष ललितबहादुर तामाङ, मेचीनगर स्वास्थ्य शाखा प्रमुख निरौला, पुजन अधिकारी, वडा सदस्य, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेवीका, आमासमूहलगायतको सक्रिय सहभागीता रहेको थियो ।


त्यस्तै मेचीनगर ७ ले बिहीबार (हिजो) प्यारीभिट्टाको नयाँ बसपार्क, वडा कार्यालय, मेचीनगरको प्रवेश मार्ग र नगरपालिकाको कार्यालय परिसरलगायत सार्वजनिक स्थलहरूमा सरसफाइ गरेको थियो ।

मेचीनगर ७ का वडाध्यक्ष प्रल्हादमणी ओलीको संयोजनमा वडा क्षेत्रका सार्वजनिक स्थल सरसफाइ अभियान सञ्चालन गरिएको छ । सरसफाइ अभियानको अगुवाइ स्थानीय हाकिम तिम्सिनाले गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
230
सम्बन्धित

लोकप्रिय

लोकप्रिय