लिङ्कन मन्टेश्वरीमा निःशुल्क आँखा परिक्षण

बिर्तामोड । आँखा पाक्ने रोग फैलिरहेको र झापाका अधिकांश स्थानीय तहले बिद्यालय बिदा दिदै गरेको अवस्थामा बिर्तामोड नगरपालिका वडा नम्बर ३ मा सञ्चालित लिङ्कन मन्टेश्वरीमा अध्ययनरत नानीबाबुहरुको आँखा निःशुल्क परिक्षण गरिएको छ ।


लिङ्कन मन्टेश्वरीको आयोजना तथा बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा शुक्रवार (आज) एकदिने निःशुल्क आँखा स्वास्थ्य शिबिर सञ्चालन भएको हो ।

आँखा स्वास्थ्य शिविरमा मन्टेश्वरीमा अध्ययनरत नानीबाबु, अभिभावक, स्थानीय गरी ८० जना बढीको आँखा परिक्षणसहित औषधिसमेत बितरण गरिएको बिर्तामोड आँखा अस्पतालकी नेत्र साहयक सञ्जु अर्यालले जानकारी दिनुभयो । बिर्तामोड आँखा अस्पतालकी नेत्र साहयक अर्याल र दृष्टि बिशेयज्ञ भावना गनगाईको टोलीले आँखा परिक्षण गरेको थियो ।


आँखा पाक्ने रोगको परिक्षणसँगै नानीबाबुहरुको आँखामा हुने अन्य रोगहरुको पहिचान गरी उपचार गराउनमा समन्वय गर्ने उदेश्यले मन्टेश्वरीले आँखा शिविर सञ्चालन गरेको लिङ्कन मन्टेश्वरीका सञ्चालक सरोज पौडेलले जानकारी दिनुभयो ।

राधाकृष्ण किर्तन मण्डलीकी अध्यक्ष पूजा काफ्ले खरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिर्तामोड आँखा अस्पतालका नेत्र अधिकृत बिनोद दाहालले आँखा पाक्ने रोग ब्यापक रुपमा फैलिरहेकोले सर्तक रहन सबैलाई आग्रह गर्नुभयो । उहाँले आँखा पाकेको औषधी जुनसुकै मेडिकल पाइने भएपनि नेत्र बिशेयज्ञलाई देखाएर मात्र प्रयोग गर्न सुझाव दिनुभयो । दाहालले आँखा पाक्ने रोगको औषधि पनि कुनै कडा प्रकारको हुने र त्यसले आँखामा अर्को ठूलो समस्या पैदा गर्ने भएकाले नेत्र बिशेयज्ञको सल्लाह अनुसार प्रयोग गर्न सवैमा आग्रह गर्नुभएको थियो।

कार्यक्रममा राधाकृष्ण किर्तन मण्डलीकी अध्यक्ष पूजा काफ्ले खरेल, जिल्ला बालसञ्जाल झापाका अध्यक्ष अभिषेक मिश्रलगायतले शुभकामना मन्तव्य राखेका राख्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
120
सम्बन्धित

लोकप्रिय

लोकप्रिय