कोशीमा मात्रै ५ हजार भन्दा धेरै डेंगु संक्रमित, देशभर सात हजार नाघ्यो

झापा । देशभर डेंगु संक्रमितको संख्या ७ हजार नाघेको छ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) को तथ्यांङ्कअनुसार हालसम्म देशभर ७ हजार २५३ जना डेंगु संक्रमित भेटिएका छन्।

महाशाखाका अनुसार यो वर्ष ७ जनाले डेंगु संक्रमणबाटै ज्यान गुमाइसकेका छन भने एक जना गम्भिर रहेका छन।


तथ्याङ्कमा सबैभन्दा धेरै कोशी प्रदेशमा ५१०१ जना संक्रमित रहेका छन। कोशी प्रदेशको सुनसरीमा सबैभन्दा धेरै ४ हजार ६७९ जना डेंगु विरामी फेलापरेका छन् ।

यस्तै बागमती प्रदेशमा ११७१ , गण्डकी प्रदेशमा ३८९ ,सुदूरपश्चिम प्रदेशमा ३४२ , लुम्बिनी प्रदेशमा १९१ , मधेश प्रदेशमा ३२ र कर्णाली प्रदेशमा २७ जना संक्रमित रहेका छन्।

महाशाखाको तथ्यांङ्क अनुसार यो वर्ष ७१ जिल्लामा डेंगु फैलिसकेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
115
सम्बन्धित

लोकप्रिय

लोकप्रिय