झापा कारागार : विवाद मिल्यो, कैदीबन्दीको माग सम्बोधन हुने

बिर्तामोड । झापा जिल्ला कारागार भद्रपुरमा भएको घटना साम्य भएको छ । झण्डै २ घण्टा असान्त भएको कारागार शान्त भएको हो । कैदीबन्दी र प्रशासनबीचको वार्तापछि कारागार शान्त बनेको जेलर मोहनलाल पनेरुले जानकारी दिए ।


प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, सुरक्षाका प्रमुखहरुसँग कैदीबन्दीले राखेको माग सम्बोधन गर्ने भनेपछि अवस्था सामान्य बनेको हो । कैदीबन्दीहरुले चौकीदार लय शिवाकोटीलाई हटाउनुपर्ने र भाई चौकीदारलाई सरुवा गर्न नहुने माग राखेका छन् । उनीहरुको मागलाई उचित ढंगबाट सम्बोधन गर्ने भनेपछि अशान्त बनेका कैदीवन्दीहरु शान्त भएका छन् ।

झापा कारागारका जेलर पनेरुका अनुसार आज भाई चौकीदार मनोज लावतीलाई झुम्का सरुवा गर्ने तयारी थियो । लावतीलाई हत्कडी लगाउन साथ होहल्ला गरेपछि कैदीबन्दीले झडप गरेका थिए । उनीहरुले लावतीलाई सरुवा गर्न नहुने भन्दै नारावाजी गर्दै आगजनी समेत गरेका थिए ।


भाइ चौकीदार लावतीलाई सरुवा गर्न प्रमुख चौकीदार शिवाकोटीले भूमिका खेलेको भन्दै उनलाई जेलबाट हटाएर अर्को ठाउँ सरुवा गर्नुपर्ने माग राखेका छन् । वार्तामा कैदीवन्दीलाई भित्रको सुरक्षा व्यवस्थालाई व्यवस्थित नगरे राज्यले आफ्नो ढंगबाट प्रक्रिया अघि बढाउने चेतावनी दिइएको छ ।

जेलर पनेरुले शिवाकोटीको सरुवाका लागि विभागीय पत्र नआएको जानकारी दिए । शिवाकोटी र लावती दुवै जना अलग–अलग घटनामा कर्तव्य ज्यान मुद्धामा सजाय भुक्तान गरिहरेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
110
सम्बन्धित

लोकप्रिय

लोकप्रिय