झापा कारागार : कैदीबन्दी र प्रशासनबीच वार्ता हुँदै

बिर्तामोड । झापा जिल्ला कारागारमा कैदीबन्दी र प्रशासनबीच वार्ता सुरु भएको छ । चौकीदारको सरुवाको विषयमा कैदीवन्दीले कारागारभित्र आगलागी समेत गरेका छन् ।


कारागारभित्र झडप र आगजनी गरेपछि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । झापा प्रहरीका अनुसार कैदीबन्दी र प्रशासनबीच भेटघाट कक्षबाट वार्ता भइरहेको छ ।

चौकीदार मनोज लावतीलाई झुम्का कारागार सार्ने विभागको पत्र अनुसार बाहिर निकालेपछि कारागार एकैछिनमा अशान्त भएको थियो । तत्कालै लावतीलाई भित्रै पठाए पनि उनीहरुले प्रहरी प्रशासन विरुद्ध नारावाजी गर्दै आगजनी गरेका हुन् ।


कैदीबन्दी भाग्न सक्ने जोखिमलाई ख्याल गर्दै कारागार परिसरमा सुरक्षाकर्मीले घेराउ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
115
सम्बन्धित

लोकप्रिय

लोकप्रिय