दोलखा पहिरोमा बेपत्ताको खोजी जारी

झापा। दोलखाको गौरीशंकर गाउँपालिका–८ मा पहिरोले घर बगाउँदा चार जना बेपत्ता भएका छन्। तीन जनाको उद्दार गरिएको छ।


गएराति दुई वटा घर पुर्दा एक घरका तीन जना र अर्को घरका एक जना गरी ४ जना बेपत्ता भएका हुन्। तीन जनाको घाइते अवस्थामा उद्धार गरिएको छ। उनीहरुलाई थप उपचारका लागि काठमाडौं लैजान हेलिकप्टर मगाइएको घटनास्थलमा रहेका प्रहरी नायव निरीक्षक बासुदेव थापाले जानकारी दिए।

बेपत्ता र घाइतेको परिचय खुल्न नसकेको उनको भनाइ छ। बेपत्ता भएकाको प्रहरी र स्थानीयले खोजी गरिरहेका छन्।


यस्तै गएरातिको वर्षाले सोही वडाको सल्ले गाउँका २ घर बगाएको छ। १५ घर विस्थापित भएको वडा अध्यक्ष वडाअध्यक्ष दावा शेर्पाले बताए। दुर्गम भएकाले पहिरोबाट भएको क्षतिको विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
130
सम्बन्धित

लोकप्रिय

लोकप्रिय