बानियाँद्वारा जन्मदिनमा दृष्टिविहीनलाई खाद्यान्न सहयोग

झापा । अर्जुनधारा ५ पानीकल निवासी एक दृष्टिविहीन ब्यक्तिको परिवारलाई लायन्स क्लब अफ बिर्तामोड सिटीले बिहीवार एक कार्यक्रमका बीच खाद्यान्न सहयोग गरेको छ ।


लायन्स चेयरपर्सन मनोज बानियाँकी धर्मपत्नी अनिता बानियाँको जन्मदिनको अवसरमा दुवै आँखा गुमाएका बिनोद मोहोराको परिवारलाई आवश्यक चामल, दाल, तेललगायतका खाद्यान्न हस्तान्तरण गरिएको हो । कक्षा ६ मा अध्ययनरत विनोदकी छोरीले बिदाको दिन हरेक शनिवार डोर्याएर बजार घुमाउँदै साप्ताहिक खाद्यान्न र खर्च जोहो गर्दै हिडेको कुरा सामाजिक संजालबाट आफूले थाहा पाएपछि आफ्नो जन्मदिनमा गरिने खर्चलाई यस्तै मानवीय सेवामा समर्पण गर्ने सोंच अनुसार बिनोदको परिवारको साथमा जन्मदिन मनाउन पाएकोमा खुशी लागेको अनिता बानियाँले बताउनुभयो ।

लायन्स जस्तो अन्तर्राष्ट्रिय संस्थाले हरेक मानवीय कार्यमा सहयोग गर्ने भएकोले आफूहरुले जन्मदिनको कार्यक्रम मार्फत् सानो सहयोग गरेको चेयरपर्सन बानियाँले बताउनुभयो ।


क्लबका प्रेसिडेन्ट दुर्गाप्रसाद थपलियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन उपेन्द्र बानियाँले गर्नुभएको थियो। कार्यक्रममा लायन्सहरु सत्यनारयण शर्मा, निरज ओली, राजकुमार गुप्ता, दुर्गा पाठक थपलिया, रामेश्वर दिवेदीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
3
+1
0
+1
0
+1
0
+1
1
125
सम्बन्धित

लोकप्रिय

लोकप्रिय