रोग र आर्थिक संकटले जेलिएको मगर परिवारलाई सहयोगको खाँचो

तिलक योञ्जन, झापा । झापा अर्जुनधारा नगरपालिका वडा नम्बर-२ साठ्ठीमुरेका शेरबहादुर सिजाली मगर दुई महिना यता रोगले थला पर्नुभएको छ । २ छोरा, एक श्रमती र एक आमाको मुख्य सहारानै थला परेपछि अहिले यो परिवारले रोग र आर्थिक संकटसंग लडाई गरिरहेको छ ।


मगर परिवारको जेष्ठ सदस्य तथा शेरबहादुरकी आमा रनमाया सिजाली मगर विगत केही बर्षदेखि अशक्त अवस्थामा हुनुहुन्छ । उमेरले ९१ वर्ष पर गर्नुभएकी आमा र परिवारको स्याहार तथा पालनपोषण गर्दै आउनुभएका शेरबहादुर २ महिनाअघि उच्च रक्तचापका कारण ढल्नु भएपछि अहिले यो परिवारमा स्वास्थ्य समस्यासंगै आर्थिक संकट चुलिएको छ ।

शेरबहादुर थला पर्नुभएपछि आर्थिक अभावकै कारण परिवारले राम्रो उपचार समेत गराउन पाएको छैन् । मगर अहिले अरु कसैको साहरा बिना उठ्न–बस्नै नसक्ने अवस्थामा हुनुहुन्छ । अहिले मगरेको देब्रे पट्टिको शरिरको भाग नचल्ने अवस्थामा रहेको परिवारले बताएको छ ।


शेरबहादुर सिजाली मगर

थला पर्नुभएका शेरबहादुर आफुलाई पीडा भइरहेको सुनाउनुहुन्छ । “शरिरका विभन्न भागमा दुखाई भइरहेको छ, देब्रो पाटो चलेको छैन्, पिसाब लागे अरुको सहारामा यहि गर्छु ।”-उहाँले भन्नुभयो । उहाँलाई दिशा पिसाब लाग्दा समेत चर्पीसम्म लैजाने अवस्था नभएको आफन्तले बताएका छन् ।

यस्तो अवस्थामा परिवारको जिम्मेवारी काधमा लिनुपर्ने उमेरका छोराहरु भए पनि उनीहरु दुवै सामान्य अवस्थामा भने छैनन् । मगरको जेठा छोरा सन्तोषको मानसिक अवस्था सामान्य नभएको बताइएको छ । उनी डिप्रेसनको रोगी भएको आफन्तले बताएका छन् । कान्छो छोरा सुमन मृगौला रोगी हुन् । उपचार पश्चात स्वास्थ्य लाभ गरिरहेपनि उनले दिलोज्यान दिएर काम गर्न सक्ने अवस्था छैन् ।

मगरको श्रिमती पुष्पादेवि समाल मगर पनि विभिन्न रोगका कारण स्वास्थ्य समस्या भोगिरहुन भएको छ । स्वास्थ्यमा समस्या भएपनि अहिले परिवारको स्याहार उहाँले नै गरिरहनुभएको छ ।

आमा रनमाया सिजाली मगर

“घरमा बुढी सासु र घर धान्ने आफ्ना श्रीमान ओछ्यानमा पर्नुभएको छ”–मगरले भन्नुभयो । “कान्छा छोराको उपचारमा विगतमा घर गाउँले र साहारा नेपाल सहकारीसंग लिएको ऋण अझै तिर्न सकेको छैन्, आफ्नो पैतृक सम्पत्ति पनि छैन्, घरमा सबै बिरामी हुनुहुन्छ, जवान छोराहरु पनि असक्षम छन्, कमाएर ल्याउने कोही नहुदाँ जिवन यसै पनि चरम कष्टमा बाचिरहेका छौ ।”

“गाउँले छिमेकीहरुले सक्ने जति सहयोग गर्नु भएको छ”-उहाँले बताउनुभयो । “अन्य दुई/तिन वटा संघ–संस्थाबाट केहि सहयोग आएको हो तर पनि हामी यो अवस्थामा छौं, अब बिरामीको उपचार गर्नु छ, घर पनि चलाउनैपर्ने छ, म अहिलेसम्म ज्याला मजदुरी गरिरहेको छु तर मलाई पनि यो ढाड दुख्ने समस्याले दुःख दिइरहन्छ ।”

श्रिमती पुष्पादेवि समाल मगर

चिकित्सले शेरबहादुरको स्वास्थ्यमा सुधार ल्याउन राम्रोसंग थेरापी गर्न सुझाएका छन् । परिवार र आफन्तले अझै व्यवस्थित उपचार गर्ने पहल गरिरहेका छन् । तर उनीहरुकालागि अहिले आर्थिक अभाव मुख्य समस्य बनेको छ ।

साधारण बासको टाटी–बेराले बनेको घरमा बसेका मगर परिवारसंग, न सुत्ने खाट छ न त प्रर्याप्त लत्ताकपडा र खानेकुरा । आर्थिक अभावकै कारण अहिले मगर परिवारले राम्रोसंग उपचार गराउन पाएका छैनन् । यो परिवारलाई अहिले केही व्यक्ति तथा संघ-संस्थाहरुले सहयोग गरेको छ ।

मगर परिवारलाई क्लब हिमालयन टाईगर बिर्तामोडको सहयोग

यसैबिच झापामा सक्रिय “क्लब हिमालयन टाईगर बिर्तामोड”को टिमले बुधबार मगर निवासमा पुगेर उनिहरुको स्वास्थ्य अवस्था बुझ्दै सहयोग हस्तनान्तरण गरेको छ ।

क्लबले केही आवश्यकका सामाग्री, फलफूल र खाद्यान्न सहयोग गरेको क्लबका अध्यक्ष भिम कडरियाले जानकारी दिनुभयो । पहिलो चरणमा क्लबका सदस्यहरु र केहि निकट दाताहरुको समन्वयमा मगर परिवारलाई सहयोग हस्तनान्तरण गरिएको उहाँले बताउनुभयो ।

आगामी दिनमा विभिन्न माध्यम र स्रोतहरुसंगको समन्वयमा उक्त परिवारकालागि पहल गर्ने उहाँको भनाई छ । क्लबले मगर परिवारको सहयोग अभियानमा जोडिनकालागि आह्वान समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
7
+1
0
+1
2
+1
0
+1
3
135
सम्बन्धित

लोकप्रिय

लोकप्रिय