डेंगु संक्रमण : झापामा तिब्र रुपमा फैलदै, २३८ जनामा पुष्टि

लक्ष्मी उप्रेती, मेचीनगर । सुनसरीको धरानमा भयावह अवस्थामा फैलिएको डेंगु सक्रमण झापामा समेत देखिन थालेको छ । झापाका विभिन्न पालिका र अस्पतालका ८ सय बढी मानिसको रगत परीक्षण गर्दा २ सय जनाभन्दा बढीमा डेंगु संक्रमण फेला परेको स्वास्थ्य मन्त्रालय कोशी प्रदेशले जनाएको छ । मन्त्रालयका कार्यक्रम अधिकृत जीवन चौलागाईँका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को साउनको दोस्रोसातासम्म जिल्लामा ८ सय ३५ जनाको रगत परीक्षण गर्दा २ सय ३८ जनामा डेंगुको संक्रमण फेला परेको हो ।


उहाँका अनुसार दमक, शिवसताक्षी, गौरादह, भद्रपुर नगरपालिका र गौरीगञ्ज गाउँपालिका बाहेक जिल्लाका अन्य सवै पालिकामा डेंगुको संक्रमण देखिएको छ । सवैभन्दा बढी कन्काई नगरपालिकामा २ सय ९० जनाको रगत परीक्षण गर्दा २३ जना डेंगु संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।

विर्तामोड नगरपालिकामा १ सय ९ जनाको रगत परीक्षण गर्दा १४, मेचीनगर नगरपालिकामा १२ जनाको रगत परीक्षण गर्दा १२, अर्जुनधारा नगरपालिकामा २९ जनाको परीक्षण गर्दा ६, बुद्घदशान्ति गाउँपालिकामा ४४ जनाको रगत परीक्षण गर्दा ३ , कमल गाउँपालिकामा २५ जनाको रगत परीक्षण गर्दा ५, गौरादह नगरपालिकामा २० जनाको रगत परीक्षण गर्दा २० झापा गाउँपालिकामा ४ जनाको रगत परीक्षण गर्दा ४ जनामै डेंगुको संक्रमण फेला परेको कार्यक्रम अधिकृत चौलागाईँले जानकारी दिनुभयो ।


बाह्रदशी गाउँपालिकामा ६ जनामा परीक्षण गर्दा कसैमा पनि डेंगु संक्रमण फेला नपरेको चौलागाईँले जानकारी दिनुभयो । उहाँले अन्य ठाउँबाट झापाका विभिन्न अस्पतालमा उपचारका लागि आएका र शंकाष्पद विरामीको समेत रगत परीक्षण गर्दा डेंगु संक्रमण फेला परेको जाकनारी दिनुभयो । विर्तामोडस्थित विएण्डसी अस्पतालमा १ सय २४ जना शंकाष्पद व्यक्तिको रगत परीक्षण गर्दा १६ जना,विर्तासिटी अस्पतालमा १ सय ४४ जनको रगत परीक्षण गर्दा १७ जना र मनमोहन अस्पतालमा ८ जनाको रगत परीक्षण गर्दा आठैजनामा डेंगुको संक्रमण पुष्टि भएको चौलागाईँले जानकारी दिनुभयो । दमकको लाइफलाइन १ सय ५ जनाको परीक्षणमा १७, नमस्ते अस्पतालमा ९६ जनको परीक्षणमा १५, दमक अस्पतालमा ६० जनाको परीक्षण गर्दा ११, यूनिक अस्पतालमा ५९ जनाको परीक्षणमा ४४, एडभान्स अस्पतालमा ७३ जनाको परीक्षण गर्दा २४ निम्स अस्पताल दमक ३० जनाको परीक्षण गर्दा तीसैजनामा डेंगु संक्रमण पुष्टि भएको उहाँको भनाई छ । अन्य अस्पतालमा समेत विरामीको रगत परीक्षण गरिएको र अधिकाँशको नतिजा पोजेटिभ आएको थियो ।

डेंगु झापामा पहिलोपटक सन् २०१२ मा काँकरभिट्टामा फेला परेको थियो । पाँच सयभन्दा बढी होटलहरु रहेको, बसपार्क पनि भएको र अत्यधिक संख्यामा रहेका गाडीका ग्यारेजहरु रहेको सहर काँकरभिट्टामा त्यसबेला डेंगु संक्रमणले प्रकोपकै रुप लिएको थियो । पहिलोपटक झापामा संक्रमण फेला परेको डेंगु त्यसयता हरेक वर्ष देखा परिरहेको छ भने, बेलाबेलामा महामारी हुने गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका महामारी रोग फोकलपर्सन एवम् जनस्वास्थ्य निरीक्षक कुलबहादुर पौडेलका अनुसार सन् २०२२ मा कुल ५४ हजार ७ सय ८४ डेंगु संक्रमितमध्ये ८८ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ५३ प्रतिशत पुरुष र बाकी ४७ प्रतिशत महिला छन् । विज्ञहरुका अनुसार थोरै तर स्थिर पानीमा मौलाउने एडिस जातको लामखुट्टेले दिउँसो मात्रै टोक्छ । डेंगुको भाइरस संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्छ । तर, उक्त पोथी लामखुट्टेले पार्ने अण्डा, त्यसबाट विकसित हुने लार्भा र लामखुट्टे चाहिँ जन्मिँदै संक्रमित भएर जन्मिने जनस्वास्थ्य निरीक्षक पौडेलको भनाई छ ।

‘त्यस्तो संक्रमित लामखुट्टेले सिधै रोग सार्छ’, उहाँले भन्नुभयो ‘त्यसैले शहरी क्षेत्रमा हुने जथाभावी फोहरले संक्रमण उच्च पार्ने गरेको छ ।’ उहाँका अनुसार कोठामा राखिएको फुलदानीको पानी पनि एक सातासम्म नफेर्ने हो भने एडिस जातको लामखुट्टे उत्पादन भइहाल्ने गर्छ । त्यसैले पानी जम्ने सम्भावना भएका ठाउँमा बढी सजग हुनुपर्ने उहाँको भनाई छ ।

यो लामखुट्टे २० देखि ३० डिग्री सेल्सियस तापक्रममा बढी सक्रिय हुने गर्छ । एउटा लामखुट्टेले ५ जनासम्मलाई रोग सार्ने गर्छ । गाउँमा भन्दा सहरमा यो लामखुट्टे प्रशस्त पाइने गरेको छ । डेंगुका विरामीमा ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ दुख्ने, शरीरमा विमिरा आउने, वाक–वाकी लाग्ने, नाकबाट रगत आउने, दिसा कालो आउने जस्ता लक्षण देखा पर्ने मेचीनगर स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
105
सम्बन्धित

लोकप्रिय

लोकप्रिय