आँखा पाक्ने रोगका कारण झापाका विद्यालय बन्द हुँदै

झापा । आँखा पाक्ने रोगका कारण झापाका विद्यालयहरु बन्द हुन थालेका छन् ।


विद्यार्थी र शिक्षकहरुमा आँखा पाक्ने समस्या देखापरेपछि बिर्तामोड ७ स्थित कंचन इङ्लिस सेकेन्डरी स्कूलले विदा दिएको छ । विद्यालयले आज एक सूचना प्रकाशित गरी विद्यालयमा अध्ययनरत धेरै विद्यार्थीहरुमा आँखा पाक्ने समस्या देखापरेको भन्दै साउन १९ गते एकदिन पठनपाठन नहुने जानकारी गराएको छ ।

कक्षा नर्सरीदेखि १० सम्म अध्ययन हुने सो विद्यालयमा ५४० जना विद्यार्थी छन् । त्यसमध्ये ४० प्रतिशत विद्यार्थीलाई आँखा पाक्ने समस्या देखिएको विद्यालयका संचालक डिल्लीराम चम्लागाँईले बताउनुभयो । उहाँले आफूसहित चारजना शिक्षकलाई पनि आँखा पाक्ने समस्या देखिएको बताउनुभयो ।


धेरै विद्यार्थीहरुमा आँखा पाक्ने समस्या देखिएपछि बिर्तामोड ६ स्थित सरस्वती एन्जल इङ्लिस स्कुलले पनि विदा दिन लागेको जनाइएको छ ।

त्यस्तै बिर्तामोड ५ स्थित टावर टेम्पल स्कुलले पनि विदा दिनका लागि अनुमति मागेको बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले बताउनुभयो । विद्यालयहरुमा विद्यार्थीहरुको जटिलतालाई हेरेर आइतवार नगरभरिका विद्यालयमा बिदा दिने विषयमा सल्लाह भइरहेको भण्डारीले बताउनुभयो ।

त्यस्तै जिल्लाका अन्य कतिपय बिद्यालयहरुले पनि आवश्यक परे बिद्यालय बन्द गर्ने तयारी गरेको बुझिएको छ ।

देशैभर विभिन्न स्थानमा संक्रमणको रुपमा फैलिएको आँखा पाक्ने रोगबाट झापामा पनि धेरैजना प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
335
सम्बन्धित

लोकप्रिय

लोकप्रिय