१० लाख भन्दाबढीको अवैध सुपारीसहित पिकअप गाडी नियन्त्रण

बिर्तामोड । झापा प्रहरीले आज अवैध सुपारीसहित एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ ।


प्रहरी चौकी चारआली झापाबाट खटिएको प्रहरी टोलीले बुधवार बिहान ११ बजे मेचीनगर नगरपालिका– १३ चारआली चोकबाट सुपारीसहित पिकअप गाडी नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ च ८९६७ नम्बरको पिकअप गाडीलाई शङ्का लागेर चेकजाँच गर्दा भीसीटीएस बिलसहित आवश्यक कागजात नभएको ६१ बोरा सुपारी फेला परेको थियो ।


अन्दाजी १० लाख ८३ हजार मूल्य बराबरको २८५० किलोग्राम सुपारी र ५ लाख मूल्य बराबरको गाडीसमेत गरी १५ लाख ८३ हजार बराबरको सुपारी, पिकअप गाडी र गाडी चालक मोरङ उर्लाबारी नगरपालिका– ७ बस्ने १९ वर्षीय आकाश धिमाल समेतलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइ सकेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
85
सम्बन्धित

लोकप्रिय

लोकप्रिय