प्रहरी दमन विरुद्ध तामाङ र मगर समुदायको कडा आपत्ति, माग पुरा नभए देशव्यापी आन्दोलन गर्ने

झापा । अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रहरी परिसर टेकु काठमाडौं घेराउ गर्न गएका तामाङ र मगर समुदायका ३ दर्जन भन्दाबढीलाई पक्राउ गरि कडा दमा गरेको भन्दै नेपाल तामाङ घेदुङ र नेपाल मगर संघले कडा आपत्ति जनाएको छ ।


घटनापछि विज्ञप्ति जारी गर्दै उनिहरुले प्रहरीले शान्तिपुर्ण आन्दोलनमा हस्तक्षेप गरेको, अश्रृृ ग्यास प्रहार गरेको र लाठी चार्ज गरेर चरम दमन गरेको भन्दै त्यसको घोर भत्र्सना गरेका छन् । घटनाबाट बिभिन्न व्यक्ति घाइते भएको समेत बताइएको छ ।

उनिहरुले पक्राउ परेकाहरुलाई निसर्र्त तत्काल रिहा गर्न माग गरेका छन् । प्रशासनले आफुहरुको मागलाई वेवास्ता गरे भोलिदेखि अनिश्चितकालिन देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् ।


अधिवक्ता पाण्डेले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा तामाङ र मगर लगायतका समुदायमा दाजु बहिनीबीच विवाह हुने अभिव्यक्ति दिएकी थिइन्। उनको सो अभिव्यक्तिको अहिले चौतर्फी विरोध भइरहेको छ ।

विज्ञप्ति : 

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
90
सम्बन्धित

लोकप्रिय

लोकप्रिय