विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डे पक्राउ

झापा । विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन्।


टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द पुनले जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए। उक्त जाहेरीका आधारमा बुधबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अधिवक्ता पाण्डेले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनीबीच विवाह हुने अभिव्यक्ति दिएकी थिइन्। उनको सो अभिव्यक्तिप्रति तामाङ समुदायले विरोध गर्दै आइरहेका छन्।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
105
सम्बन्धित

लोकप्रिय

लोकप्रिय