अर्जुनधाराकी प्रमुख प्रशासकीय राईको मन्त्रालयमा सरुवा, तिलोचन रिमाल आउने

झापा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४ उपसचिव र ८ जना अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले तीन वर्ष बढी अवधि भएका १४ उपसचिव र ८ शाखा अधिकृतको सरुवा गरेको हो ।


मन्त्रालयले झापाको अर्जुनधारा नगरपालिका प्रमुख प्रशासकीय गीताकुमारी राईको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको छ । अर्जुनधारा नगरपालिकामा ताप्लेजुङको फुङलिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल आउनुभएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वा अन्तर्गतका कार्यलयमा कार्यरत उपसचिव खगेन्द्र सुवेदीको पाख्रिबास नगरपालिका धनकुटासहित अन्य उपसचिवको रौटहटका स्थानीय तहमा सरुवा गरेको छ । त्यस्तै, गृह मन्त्रालय वा अन्तरगतका कार्यालयमा कार्यरत उपसचिव चोमेन्द्र न्यौपानेको मैलौली नगरपालिका बैतडीमा सरुवा भएको छ ।


यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तरगतका कार्यालयमा कार्यरत उपसचिव श्रीधर गौतमको शिखर नगरपालिका डोटीमा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव सोमराज बरालको गोडैता नगरपालिका सर्लाहीमा सरुवा भएको छ ।

यस्तै सिंहदरबार वरीपरीका ८ जना शाखा अधिकृतको पनि दुर्गमका स्थानीय तहमा सरुवा भएको छ । गृह मन्त्रालय वा अन्तरगतका कार्यालयमा कार्यरत शाखा अधिकृत सुशीलकुमार भण्डारीको सिदिङ्वा गाउँपालिका, ताप्लेजुङसहित गृहकै अन्य ३ जना शाखा अधिकृतको विभिन्न स्थानीय तहमा सरुवा भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गत्का कार्यालयमा कार्यरत शाखा अधिकृत हरिजंग चन्दको जुनीचाँदे गाउँपालिका जाजरकोटसहित उद्योग मन्त्रालयका अन्य दुई जना शाखा अधिकृतको विभिन्न स्थानीय तहमा सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पहुँच र शक्तिको आडमा सिंहदरबार वरीपरीका कार्यालयमा मात्रै कार्यरत कर्मचारीलाई दुर्गमका स्थानीय तहमा खटाउन थाल्ने क्रममा उनीहरुको सरुवा भएको छ । यससँगै मन्त्रालयले सुगम क्षेत्रमा कार्य अवधि पूरा गरेकाहरुलाई दुर्गम क्षेत्रमा र दुर्गम क्षेत्रमा कार्य अवधि पूरा गरेकाहरुलाई सुगम क्षेत्रमा खटाउन थालेको छ । जसअनुसार मन्त्रालयले १४ जना उपसचिव र ८ जना शाखा अधिकृतको सरुवा गरेको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
335
सम्बन्धित

लोकप्रिय

लोकप्रिय