आफ्नै घरको ८ तलाबाट हाम्फालेका व्यापारीको मृत्यु

काठमाडौँ । काठमाडौँको न्युरोडस्थित आफ्नै घरको ८ तलामाथिबाट हाम्फालेका एक व्यापारीको आज मृत्यु भएको छ ।


काठमाडौँ महानगरपालिका २५ स्थित मासागल्लीमा रहेको आफ्नै घरको ८ तलाबाट हाल्फालेका ५५ वर्षीय सञ्जय गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

दिउँसो १ः३० बजेको समयमा घटना भएको र उनलाई उपचारका लागि वीर अस्पताल लगिएकामा अस्पतालले मृत घोषणा गरेको थियो ।


उनी डिप्रेसनमा परेको जानकारी प्राप्त भए पनि यकिन कारण भने नखुलेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
115
सम्बन्धित

लोकप्रिय

लोकप्रिय