झापामा सम्बन्धविच्छेदका मुद्दाको चाप अत्यधिक

झापा । झापा जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दाको चाप अत्यधिक रहेको छ । आर्थिक वर्ष २०७९(८० मा कूल छ हजार तीन सय २७ मुद्दा दर्ता भएका थिए । यसमा एक हजार सात सय सात सम्बन्धविच्छेदका मुद्दा थिए ।


सम्बन्धविच्छेदका एक हजार तीन सय छ मुद्दा फस्र्यौट भएको जिल्ला अदालतका श्रेष्तेदार वीरेन्द्र बस्नेतले जानकारी दिनुभयो । सो अवधिमा नौ सय ६९ अंशबण्डाका मुद्दा दर्ता भएकामा पाँच सय २१ फछर्यौट भएका थिए । चार सय ४८ मुद्दा अर्को वर्षलाई सरेका छन् ।

जिल्ला अदालतमा वर्षभरि दर्ता हुने मुद्दामध्ये आधा हाराहारीमा मात्रै फछर्यौट हुने गरेका श्रेष्तेदार बस्नेतले बताउनुभयो । आर्थिक वर्ष २०७८(७९ मा पनि आधी संख्यामा मात्र मुद्दा फछर्यौट भएका थिए । सो अवधिमा कूल छ हजार चार सय १९ मुद्दा विचाराधीन रहेकामध्ये तीन हजार आठ सय ५९ मुद्दा फछर्यौट भएका थिए । दुई हजार पाँच सय ६० मुद्दा अर्को वर्षका लागि सरेका थिए ।


आव २०७९(८० मा लागु औषधसम्बन्धी कसुरमा तीन सय ७७ मुद्दा दर्ता भएकामा दुई सय २० फछर्यौट भएका थिए । यसैगरी, सम्पत्ति लेनदेनसम्बन्धी दुई सय ३६ मुद्दा परेकामा एक सय १२ फछर्यौट भएका श्रेष्तेदार बस्नेतले जानकारी दिनुभयो ।

यस्तै बलात्कार, चोरी र बहुविवाहसम्बन्धी कसुरमा अदालतमा धेरै मुद्दा पर्ने गरेको तथ्याङुक छ । आव २०७९(८० मा बलात्कार ९करणी० सम्बन्धी कसुरमा तीन सय तीन मुद्दा परेकामा एक सय ५७ फछर्यौट भएका थिए । अदालतको तथ्याङ्क अनुसार बलात्कारसम्बन्धी मुद्दामध्ये जबरर्जस्ती करणीका दुई सय २४ मुद्दा परेकामा एक सय १० फछर्यौट भएका छन् । चोरी तथा डाकासम्बन्धी कसुरमा दुई सय नौ मुद्दा परेकामा एक सय ४७ वटा फछर्यौट भएका जिल्ला अदालतले जनाएको छ । यसैगरी बहुविवाहका ५४ मुद्दा परेकामा ३० वटा फछर्यौट भएका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
495
सम्बन्धित

लोकप्रिय

लोकप्रिय