कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

झापा। कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले मंगलबार थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्यमन्त्रीमा नियुक्तथापाले बुधबार पद तथा गोपनीयताको शपथ लिने बताइएको छ ।


मंगलबार नै प्रदेशसभाका ४७ जना सांसदको आफूलाई समर्थन रहेको भन्दै थापाले प्रदेश प्रमुख समक्ष दाबी पेस गर्नुभएको थियो । माओवादीबाट सभामुख बनेका बाबुराम गौतमलाई पदबाट राजीनामा दिन लगाएर गठबन्धन दलहरुले बहुमत पुर्‍याए थिए ।

थापालाई गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ सहित ४७ सांसदले समर्थन रहको छ । सरकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक पर्छ । एमालेको ४० र राप्रपाका ६ जना प्रदेश सांसद छन् ।


सर्वोच्च अदालतले तटस्थ भूमिकामा रहेका सभामुख बाबुराम गौतमको समर्थनमा प्रदेश प्रमुख खापुङ्ले गठबन्धन दल कांग्रेसका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने गरेको निर्णय बिहीबार बदर गर्दै परमादेश जारी गरेपछि खापुङ्ले सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।

उहाँले संविधानको धारा १६८ को उपधारा ९२० अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि मंगलबार अपराह्न ५ बजेभित्र दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
105
सम्बन्धित

लोकप्रिय

लोकप्रिय