कोशी प्रदेश सरकार गठनको समय आज सकिँदै, बहुमत जुटाउन दलहरुलाई कठिन

झापा । कोशी प्रदेशमा नयँ सरकार गठनको दावी पेश गर्न प्रदेश प्रमखले दिएको समयसिमा आज सकिँदैछ ।


सभामुखको समेत समर्थनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका उद्धव थापाको नियुक्ती सर्वोच्च अदालतले बदर गरिदिएपछि कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।

आज साँझसम्म बहुमत सांसदको हस्ताक्षर जुटाउने दलका नेतालाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री बनाउनुहुनेछ ।


बहुमत जुटाउन भने दलहरुलाई कठिन भईरहेको छ । कांग्रेस नेतृत्वको गठबन्धनसँग सभामुख बाहेक ४६ सांसद छन् भने नेकपा एमालेसँग ४० तथा राप्रपासँग ६ जना सांसद रहेका छन् ।

राप्रपालाई फकाएर सरकार बनाउने प्रयास बिफल भएपछि केन्द्रको सत्ता गठबन्धन अहिले प्रदेश सभामुख बाबुराम गौतमलाई राजिनामा गराएर बहुमत पुर्‍याउने रणनीतिमा छ । तर, सभामुख गौतम भने मुख्यमन्त्रीको टुंगो नलागेसम्म तत्काल राजिनामा नगर्ने मुडमा हुनुहुन्छ ।

आज बहुमतको सरकार गठन हुन नसके प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा एमालेका हिक्मत कार्की मुख्यमन्त्री बन्ने संभावना छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
115
सम्बन्धित

लोकप्रिय

लोकप्रिय