मधेश प्रदेशमा छैटौं पटक मन्त्रिपरिषद् बिस्तार, थपिए दुई मन्त्री

झापा । मधेश प्रदेश सरकारमा दुई जना मन्त्री नियुक्त भएका छन् ।


मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा सोमबार प्रदेश प्रमुख हरिशंकर मिश्रले गृह, सञ्चार तथा कानून मन्त्रीको जिम्मेवारी मोहम्मद समिमलाई दिएर कार्यविभाजन गर्नुभएको हो ।

समिम नेपाली कांग्रेसका सांसद हुनुहुन्छ । त्यस्तै, श्रम तथा यातायात मन्त्रीको जिम्मेवारी जनमत पार्टीका सांसद चन्दनकुमार सिंहले पाउनुभएको छ । दुवै मन्त्रीले सोमबार नै प्रदेश प्रमुख समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।


यससँगै मधेश प्रदेश सरकार दुई राज्यमन्त्रीसहित १४ सदस्यीय बनेको छ । मधेश सरकारले सोमबार छैटौं पटक मन्त्रिपरिषद् बिस्तार गरेको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
110
सम्बन्धित

लोकप्रिय

लोकप्रिय