नागरिक उन्मुक्ति पार्टी (एकीकृत) कोे लिम्बुवान प्रान्तीय समिति गठन

झापा । नागरिक उन्मुक्ति पार्टी (एकीकृत) ले लिम्बुवान प्रान्तीय समिति नेपाल गठन गरेको छ । पार्टीको शनिवार दमकमा भएको भेलालले १४ बुँदे प्रस्ताव पारित गर्दै भूपेन्द्र मावोको अध्यक्षतामा ५९ सदस्यीय प्रान्तीय समिति गठन गरेको आइतबार बिर्तामोड पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।


समितिको उपाध्यक्षमा डा. रामनारायण कन्दङ्वा, नन्द याम्फु, डा. चैतन्य केदेम, मिना गजमेर, राजेन्द्र दाहाल, प्रेमकुमार सोदेम्बा छन् भने महासचिबमा जीतबहादुर राई र योवाहाङ तुम्बाहाङ्फे रहनुभएको छ । त्यस्तै सचिवमा बिजय निङ्लेखु, बिना तामाङ, पञ्च आङदेम्बे र कोषाध्यक्षमा एसपी सोदेम्बा रहनुभएको पत्रकार सम्मेलनमा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दमकमा शनिबार पार्टीका केन्द्रिय उपाध्यक्ष तथा कार्यक्रमका संयोजक अम्बरबहादुर पन्धाकको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक उन्मुक्ति पार्टी (एकीकृत) संरक्षक रेशमलाल चौधरीको प्रमुख आतिथ्यमा गठन भएको पार्टीका केन्द्रिय सचिवालय सदस्य धनबहादुर पन्धाकले जानकारी दिनुभयो । लिम्बुवान प्रान्तीय समितिले पारित गरेको प्रस्तावमा पहिचान बिहीन कोशी नामाङ्कन खारेज गरी पहिचानमा आधारित पुनः नामाङ्कन, पहिचान आन्दोलनका शहिद लाजेहाङको परिवारलाई क्षतिपूर्ति, पहिचानको आन्दोलनका क्रममा घाइते भएकालाई उपचार खर्च उपलब्ध, आन्दोलनका क्रममा लगाएका झुट्टा मुद्दा खारेज गर्न माग गरेको छ ।


त्यस्तै संघीयताको मर्म अनुसार केन्द्रिय सरकारमा रहेका अधिकार प्रदेशमा हस्तान्तरण गरी सुशासनको प्रत्याभूति हुने गरी प्रदेश सरकारलाई अधिकार सम्पन्न, धर्मनिरपेक्ष राज्य संस्थागत गरी, सर्वधर्म समभाव एवंम एकात्मक जातीबादी राज्य संरचनाबाट संघीय लोकतान्त्रिक राज्य संरचना अनुसारको सामाजिक संरचना निर्माण गर्नलगायत १४ बुँदे प्रस्ताव पारित गरेको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कोचिला संयुक्त संघर्ष समिति, नागरिक ससक्तीकरण जागरण अभियान र नागरिक उन्मुक्ति पार्टी बिच गत बैशाख १८ गते बिराटनगरमा समाहित भएर नागरिक उन्मुक्ति पार्टी (एकीकृत) भएको थियो । पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य चेन्जी मावो, प्रान्तीय समितिका सदस्य बिशाल चाम्लिङलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
115
सम्बन्धित

लोकप्रिय

लोकप्रिय