अधिवक्ता पाण्डेलाई कार्वाही गराउन सडक आन्दोलन गर्नुपर्ने परिस्थिति बन्यो : घेदुङ अध्यक्ष गोले

झापा । तामाङ, मगर लगायतका समुदायमाथी दाजुबहिनिमा नै विवाह हुन्छ भनेर अभिव्यक्ती दिने कानुन व्यवसायी भगवती पाण्डे विरुद्ध पक्राउपूर्जी जारी हुँदा समेत कार्वाही प्रक्रिया अघि नबढाएको भन्दै नेपाल तामाङ घेदुङले आपक्ति जनाएको छ ।


पाण्डे विरुद्ध गत साउन ९ गते काठमाडौं प्रहरी परिसर टेकुमा उजुरी दर्ता भै पक्राउपूर्जी जारी भएको थियो ।

पक्राउपूर्जी जारी हुँदा समेत उनी पक्राउ नपर्नुले राज्य अपराधीलाई कार्वाही गर्न तयार नभएको र अपराधी बचाउने खेलमा लागेको हो कि भन्ने संशय उत्पन्न भएको नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले बताउनुभयो ।


भगवती पाण्डेलाई तुरुन्त पक्राउ गरी कानुन बमोजिम कार्वाही गराउन सडक आन्दोलनमा जानुपर्ने परिस्थिति निर्माण भएको उहाँले सामाजिक संजालमा स्टाटस लेख्दै जानकारी गराउनु भएको छ ।

अध्यक्ष गोलेले पाण्डेलाई पक्राउ गरी कानुनी कार्वाहीको दायरमा ल्याउन दवाव दिने सन्दर्भमा नेपाल तामाङ घेदुङले आज दिउँसो ३ बजे घेदुङ सभाहल चुच्चेपाटी काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
6
+1
0
+1
0
+1
0
+1
0
120
सम्बन्धित

लोकप्रिय

लोकप्रिय