भारतसंग वेस्ट इन्डिजलाई ५ विकेटले पराजित

काठमाडौं । एकदिवसीय सिरिजको पहिलो खेलमा भारतले वेस्ट इन्डिजलाई ५ विकेटले हराएको छ । भारतले १ सय १५ रनको लक्ष्य २२ दशमलव ५ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।


भारतका लागि इशान किशनले सर्वाधिक ५२ रन बनाए । भारतका कुलदिपले ४ विकेट लिएको खेलमा रबिन्द जडेजाले ३ विकेट हात पारे । हार्दिक पाण्डेया, मुकेश कुमार, सार्दुल ठाकुले समान एक विकेट लिए ।

भारतले तीन म्याचको एकदिवसीय सिरिजमा १–० को अग्रता बनाएको छ । यसअघि वेस्ट इन्डिजविरुद्ध भएको दुई म्याचको टेष्ट सिरिज भारतले १–० ले जितेको थियो ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
95
सम्बन्धित

लोकप्रिय

लोकप्रिय