मेचीनगरमा कित्ताकाट खुलाउने तयारी

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र रहेको जग्गाको कित्ताकाट खुलाउने भएको छ । जग्गा भू–उपयोग क्षेत्र वर्गीकरणको कार्य सम्पन्न गरि नगरपालिकाले आगामी बुधबारदेखि जग्गाको कित्ताकाट खुलाउने भएको हो ।


नगरपालिकाको तर्फबाट जग्गा भू–उपयोग क्षेत्र वर्गीकरणको कार्य सम्पन्न गरि बिहीवार अभिलेख नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, बरिष्ट प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्तीसहितको टोलीले मालपोत कार्यालय र नापी कार्यलय चन्द्रगढीमा बुझाएसंगै मेचीनगरका पन्ध्र वटै वडाको कित्ताकाट आगामी बुधबारदेखि खुल्ला गरिने भएको छ ।

भू–उपयोग नियमावली २०७९ परिच्छेद–३ दफा १० बमोजिम पालिकाको स्थानीय भू–उपयोग परिषद्ले क्षेत्राधिकार भित्रको जग्गाको भू–उपयोग क्षेत्र वर्गीकरणको कार्य सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ ।


नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले मेचीनगरमा आफ्नो क्षेत्राधिकार भित्रको जग्गाहरुलाई कृषि क्षेत्रतर्फ, व्यवसायिक क्षेत्रतर्फ र आवासीय क्षेत्रतर्फ, औंद्योगिक क्षेत्रतर्फ, खानी तथा खनिज क्षेत्रतर्फ, वन क्षेत्रतर्फ, सार्वजनिक उपयोग क्षेत्रतर्फ, नदि खोला ताल सिमसार क्षेत्रतर्फ, साँस्कृतिक महत्त्वको क्षेत्रतर्फ आदि वर्गीकरण गरिएको जानकारी दिए ।

उनले नगरपालिकाले वर्गीकरण गरेको सबै जग्गाको कित्ताकाट आगामी बुुधबारदेखि खुल्ला हुने जानकारी दिए ।
त्यस्तै जग्गा कित्ताकाट रोकिँदा मेचीनगरवासीले सास्ती भोग्नु परेको बताउँदै उपप्रमुख मीना पोख्रेल उप्रेतीले अब कित्ताकाट खुल्ला भएसंगै सहज हुने बताइन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
105
सम्बन्धित

लोकप्रिय

लोकप्रिय