गौरिकाले बनाइन् नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं । गौरिका सिंहले जापानको फुकुओकामा जारी २० औ संस्करणको वल्ड एक्वाटिक च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।


दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागकी चार स्वर्णधारी पौडीबाज गौरिकाले ५० मिटर ब्याकस्ट्रोकमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् ।

नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले बताए अनुसार बुधबार सम्पन्न ५० मिटर ब्याकस्ट्रोकमा गौरिकाले २०१६ मा गोहाटीमा आयोजना भएको १२ औं साग गेम्समा राखेको ३१ दशमलव ८७ सेकेन्डको समयमा सुधार गर्दै ३१ दशमलव ४४ सेकेन्ड समयको नयाँ राष्ट्रिय किर्तिमान कायम गरेकी हुन् ।


यसअघि गौरिकाले यसै च्याम्पियनसिपमा १०० मिटर ब्याकस्ट्रोकमा पनि नयाँ किर्तिमान राखेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
175
सम्बन्धित

लोकप्रिय

लोकप्रिय