नेपालमा डेंगु संक्रमितको संख्या ४ हजार नाघ्यो, कोशीमा सबैभन्दा धेरै

झापा । देशभर डेंगु संक्रमितको संख्या ४ हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले हाल देशभर ४ हजार २ सय ८९ जना डेंगुका बिरामी रहेको जनाएको हो ।


महाशाखाका अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै दुई हजार ७ सय ५४ जना डेंगुका विरामी रहेका छन् । त्यस मध्ये पनि धरानमा मात्रै विरामीको संख्या दुई हजार माथि रहेको छ ।

यस्तै, मधेश प्रदेशमा २२ जना, बागमती प्रदेशमा ७ सय ७६ जना, गण्डकी प्रदेशमा ३ सय ४४ जना, लुम्बिनी प्रदेशमा १ सय ६६, कर्णाली प्रदेशमा २० जना र सुदूरपश्चिम प्रदेशमा ३ सय १६ डेंगुका बिरामी रहेका छन् ।


डेंगुबाट दश वटा जिल्ला सबैभन्दा बढी प्रभावित भएका छन् । ती १० जिल्लामा मात्र ३ हजार ६ सय ७१ बिरामी रहेका छन् । सुनसरी २ हजार ५ सय ४२, धादिङमा ४ सय १, कास्कीमा २ सय ५, दार्चुलामा १ सय ९०, काठमाडौंमा ८०, संखुवासभामा ६४, म्याग्दी ५४, कञ्चनपुरमा ५२, रुपन्देहीमा ४५ र मोरङमा ३८ जना बिरामी रहेका छन् ।

निरन्तरको वर्षा, सरसफाइको बेवास्ता र लामखुट्टेबाट जोगिने उपाय नगर्दा डेंगु फैलिन क्रम तीब्र भएको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
110
सम्बन्धित

लोकप्रिय

लोकप्रिय