निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई १५ हजार जरीवाना

झापा। निर्वाचन आयोगले निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारहरुलाई जरीवाना गर्ने निर्णय गरेको छ ।


गत वर्ष मंसिरमा सम्पन्न भएको प्रतिनिधि र प्रदेश सभामा उम्मेदवार बनेकाहरुलाई खर्च बिकरण नबुझाएको भन्दै आयोगले जरीवान गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।

आयोगले तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने प्रतिनिधि सभातर्फका १ हजार ३७ जना र प्रदेश सभातर्फका १ हजार ३९८ गरी कूल २ हजार ४३५ जना उम्मेदवारहरु रहेका छन् ।


आयोगले उनीहरुलाई जनही १५ हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको हो । गगन थापा, शेरधन राई, राजन भट्टराई,सोविता गौतम, गिरिराजमणि पोखरेल, महेन्द्रराय यादव, विजय गच्छदार लगायतका उम्मेदवारहरूलाई खर्च विवरण नबुझाएकोमा आयोगले जरिवाना तोकेको छ ।

जरीवाना गरिएका सबैलाई ७ दिनभित्र खर्च बुझाउन पनि आयोगले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
110
सम्बन्धित

लोकप्रिय

लोकप्रिय