कोशी सरकार बिरुद्दको रिटमा सर्वोच्चको पूर्ण इजलाशमा सुनुवाइ शुरु

झापा । कोशी सरकारको वैधानिकता सम्बन्धि विवादमा सर्वोच्च अदालतको पूर्ण इजलाशमा सुनुवाइ भैरहेको छ । आज मंगलबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भैरहेको हो ।


हिजो सोमबार सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले उक्त मुद्दालाई पूर्ण इजलासमा पठाउन आदेश गरेको थियो । उक्त आदेशसंगै मुद्दाको पेशी आजका लागि तोकिएको थियो ।

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सरकार गठनका लागि चाहिने बहुमतको संख्या पुर्‍याउन हस्ताक्षर गरेका कारण कोशी सरकारविरुद्ध मुद्दा परेको हो । कोशी प्रदेशका सभामुख गौतमले कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापा नेतृत्वको सरकार गठनका लागि चाहिने बहुमतको संख्या पुर्‍याउन हस्ताक्षर गरेका कारण कोशी सरकारविरुद्ध मुद्दा परेको हो । थापा नेतृत्वको सरकारलाई सर्वोच्चले कुनै पनि दीर्घकालीन प्रभावका निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।


कोशी प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दलको रुपमा छ । एमाले कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले थापा सरकार बिरुद्ध सर्वोच्चमा गत असार २२ मा रिट निवेदन दिनुभएको थियो । त्यसैको सुनुवाइ भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
120
सम्बन्धित

लोकप्रिय

लोकप्रिय