मैत्रीपूर्ण फुटसलमा पत्रकार विजयी

दमक । झापाको दमकमा भएको मैत्रीपूर्ण फुटसल खेलमा पत्रकारहरुको टिम विजयी भएको छ ।


दमक–९ को रणभूमि फुटसल कोर्टमा आज भएको खेलमा पत्रकारको समूहले दमक बहुमुखी क्याम्पसका शिक्षकहरुलाई हराउँदै विजयी भएको हो । पत्रकारले शिक्षकलाई ५–२ गोल अन्तरले हराए ।

पत्रकार टिमको तर्फबाट कविध्जज राईले र वीरेन्द्र लिम्बूले समान २–२ गोल र सजन राईले एक गोल गरेका थिए ।


आजबाट सुरु भएको प्रदेशस्तरीय फुटसल प्रतियोगिताअघि मैत्रीपूर्ण खेल भएको हो । दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भइरहेको प्रतियोगितामा झापा, मोरङ, सुनसरी र इलामका त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त २१ वटा क्याम्पसले प्रतिस्पर्धा युनियन सभापति सोविन न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
100
सम्बन्धित

लोकप्रिय

लोकप्रिय