डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार अधिकारीलाई प्रदान

झापा । प्रेस सेन्टर नेपाल झापाले देबकुमार आचार्यको स्मृतिमा स्थापना गरेको डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार बितरण गरेको छ । सेन्टरले झापाको बिर्तामोडमा आइतवार (आज) एक समारोहकाबिच पत्रकार दीपक अधिकारीलाई डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो ।


कोशी प्रदेश मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र कार्की र डी.कौडिन्यकी छोरी तृष्णा आचार्यले पत्रकार अधिकारीलाई नगदसहित पुरस्कृत गरेका हुन् । अधिकारीलाई नगद २१ हजार रुपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको हो ।

सेन्टर झापा अध्यक्ष राजु पाठकको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष होमप्रकाश अधिकारी र सञ्चालन सचिव पुष्प खड्काले गरेका थिए । देबकुमार आचार्यको चर्चा प्रेस सेन्टरका केन्द्रिय सचिब बिमल लामिछानेले गरेको कार्यक्रममा पुरस्कृत पत्रकार अधिकारीको चर्चा सेन्टरका निवर्तमान अध्यक्ष झुलन रेग्मीले गरेका थिए ।


कार्यक्रममा प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष बिबेक गौतम, सेन्टरका कोशी प्रदेश अध्यक्ष बिनोद घिमिरे, माओवादी केन्द्रकी केन्द्रिय सदस्य सरु न्यौपाने, कोशी प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ (बिजय), पार्टीका झापा सह–इन्चार्ज सीपी कडरिया, झापाका बिभिन्न पत्रकारजन्य संघ-संगठनका प्रमुख तथा प्रतिनिधिको आतिथ्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
245
सम्बन्धित

लोकप्रिय

लोकप्रिय