झापा । झापाको कनकाई नगरपालिका वडा नं १ का पूर्व वडाध्यक्ष रोशन पोखरेलको निधन भएको छ ।
पोखरेलको निधनको शोकमा कनकाई नगरपालिकाले आज शोक विदा घोषणा गरेको छ।
पोखरेलको आज बिहान निधन भएको परिवारका सदस्यहरूले जानकारी दिएका छन् ।
उहाँ लामो समय मुखको क्यान्सर रोगका कारण पीडित हुनुहुन्थ्यो ।
नेपाल तथा भारतका विभिन्न अस्पतालमा उहाँको उपचार भएको थियो । भारतमा उहाँको मुखको शल्यक्रिया पनि गरिएको थियो ।
पोखरेलको पार्थीव शरीरलाई आजै अपरान्ह कनकाई घाटमा अन्तिम संस्कार गरिने बताइएको छ ।