अर्जुनधारा धाममा पैसा तिर्नेले लाइनमा बस्नै नपर्ने निणर्यको चौतर्फी बिरोध

बिर्तामोड । झापाको अर्जुनधारा जलेश्वर धामले पैसा तिर्ने भक्तजनले लाइनमा बस्नै नपर्ने नयाँ नियम लागु गरेपछि त्यसको चौतर्फी बिरोध भएको छ । जलेश्वर धामले साउने सोमवारलाई लक्षित गरेर गत सोमबारबाट शिघ्र दर्शनका नाममा २ सय रुपैँया शुल्क लिन थालेको थियो ।


धामले शुल्क तिर्नेलाई सहजै पुजा गर्न दिन थालेपछि घण्टौंदेखि लाइनमा बस्नेहरुले भने अन्याय भएको बताएका छन् । दर्शन गर्न आउने भक्तजनहरुबीच पैसा लिएर लाइनमा नराखी दर्शन गराउने कार्यको भक्तजनहरुबाटै विरोध भइरहेको छ।


श्रद्धालुसँग २ सय लिएको बिषयको चौतर्फी आलोचना भएपछि धाम समितिले आज एक विज्ञप्ति सार्वजनिक गरेर विगतको अनुभव र दशनार्थीहरुको सल्लाह बमोजिम नै लाइनमा बस्न नचाहने इच्छुक दर्शनार्थीबाट २ सय शुल्क लिने निणर्य भए अनुसार कार्यन्वयन गरेको जानकारी गराएको छ ।

विज्ञप्तिमा भनिए अनुसार धाममा शिघ्र दर्शन गर्ने, लाइनमा बस्न नचाहने दशनार्थीले २ सय तिरेपछि घण्टौंसम्म लाइनमा बस्नेहरुको अगाडि तुरुन्तै दर्शन गरेर फर्कन पाउनेछन् ।

उक्त विज्ञप्तिमा समितिले भिड व्यवस्थापन गर्न त्यसो गरिएको बताएको छ । अशक्त, असहाय र वृद्धवृद्धालाई भने लाइन नबसाई नि:शुल्क दर्शन गराइने समेत बताइएकोे छ ।

तर यस्तो व्यवस्था लागु गरिएपछि धार्मीक आस्थाको केन्द्र मन्दिरमा भक्तजनहरुमा पक्षपात गरिएको भन्दै सामाजिक संजालमा चौतर्फी बिरोध भइरहेको छ ।

यस्तो छ विज्ञप्ति : 

प्रतिक्रिया दिनुहोस ।
+1
3
+1
0
+1
1
+1
1
+1
2
85
सम्बन्धित

लोकप्रिय

लोकप्रिय