शिक्षा बहुउद्देश्यीय सहकारीद्वारा ऋणी सदस्यको कर्जा मिनाहा

धुलाबारी । शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि. ले एकजना ऋणी सदस्यको कर्जा मिनाहा गरेको छ । झापाको धुलाबारी निवासी सञ्जयकुमार मेहताको मृत्युपछि कर्जा मिनाहा भएको हो ।


शिक्षा बहुउद्देश्यीय सहकारीमा नियमित वित्तिय कारोवार गर्दै आएका मेहताको गत फागुनमा पेट सम्वन्धी रोगका कारण मृत्यु भएको थियो । मेहताको मृत्युपछि उनले संस्थामा तिर्न बाँकी देखिएको एकलाख ३१ हजार एक सय ३९ रुपैयाँ ऋण मिनाहागरिएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताउनुभयो।

कर्जा मिनाहासँगै मेहता परिवारलाई मृत्यु संस्कार राहतवापत १५ हजार रुपैयाँ प्रदान गरिएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि. सदस्य सेवा केन्द्र धुलाबारीकी प्रमुख विपना तिम्सिनाले बताउनुभयो । सहकारी संस्थाका उपाध्यक्ष हेमराज मिश्रका अनुसार ऋणी सदस्यको मृत्युपछि कर्जा मिनाहा गर्ने संस्थागत नीति छ।


यसअघि पनि शिक्षा बहुउद्देश्यीयले मृतक ऋणी सदस्यको कर्जा मिनाहा गरेको थियो । संस्थाले कर्जा मिनाहा गर्दै उक्त रकम मेहताकी श्रीमती मञ्जुदेवीलाई उपलब्ध गराएको छ । संस्थाका उपाध्यक्ष मिश्र, सचिव सूर्यकुमार खतिवडा र सञ्चालक सदस्य लक्ष्मीप्रसाद घिमिरेको उपस्थितिमा कर्जा मिनाहाको जानकारी पत्र दिइएको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
80
सम्बन्धित

लोकप्रिय

लोकप्रिय